जर्मन बुन्डेसलिगा अन्तर्गत आइतबार भएको खेलमा बार्यन म्युनिकले हर्था बीससी माथी सान्दार जित हात पारेको छ ।
खेलमा पहिलो हाफ गोल रहित बराबरी रहेको थियो ।
दोस्रो हाफमा बार्यनले ४ गोल गर्न सफल भयो ।
खेलको ६० औं मिनेटमा थोमस मुलरले गोल गर्दै बार्यनलाई अग्रता दिलाएको हो ।
७३ औं मिनेटमा लेवान्डोस्किले पेनाल्टीमा गोल गर्दै २-० को अग्रता दिलाए ।
७६ औं मिनेटमा थिएगोले गोल गर्दै बार्यनको लागि गोल गरे ।
८४ औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै बार्यनलाई ४-० को फराकिलो जित दिलाए ।
जितसंगै बार्यन दोस्रो स्थानमा उक्लेको छ भने हर्था बीएससी १४ औं स्थानमा रहेको छ ।