बार्यन म्युनिकको खराब प्रदर्शन जारी

जर्मन लिग बुन्डेसलिगा अन्तर्गत सनिबार भएको खेलमा बार्यन म्युनिक बोरुसिया मोन्चेनग्लाड्बाचबिरुद्ध हारेको छ ।

खेलमा बार्यनले सुरुमा अग्रता लिएपछि खेल जित्न असफल रह्यो ।

४९ औं मिनेटमा बार्यनका पेरिसिचले गोल गर्दै १-० को अग्रता दिलाए ।

६० औं मिनेटमा बोरुसिया मोन्चेनग्लाड्बाचका बेन्सेबैनीले गोल गर्दै खेल बराबरीमा ल्यायो ।

अन्तिम मिनेटमा फेरि बेन्सेबैनीले पेनाल्टीबाट गोल गर्दै बोरुसिया मोन्चेनग्लाड्बाचलाई २-१ को जित दिलायो ।

जितसंगै बोरुसिया मोन्चेनग्लाड्बाच लिगको शीर्ष स्थानमा रहेको छ भने बार्यन ७ औं स्थानमा रहेको छ ।