बार्यनलाई हराउदै टोटेन्ह्यामले जित्यो उपाधी

टोटेन्ह्यामले औडी कपको उपाधि उचालेको छ । बुधबार राति भएको खेलमा जर्मन क्लब बार्यन म्युनिखलाई सडनडेथमा पराजित गर्दै टोटेन्ह्यामले उपाधि उचालेको हो ।

निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो ।

१९ औ मिनेटमा ईरिक लामेलाको गोलबाट टोटेन्ह्यामले अग्रता लिएको थियो । ५९ औ मिनेटमा क्रिस्टियन एरिक्सनले टोटेन्ह्यामको अग्रता दोब्बर पारे । पहिलो हाफमा जर्मन क्लबमाथि टोटेन्ह्याम पुर्ण रुपमा हाबी देखिन्थ्यो ।

६१ औ मिनेटमा जान फिएद अर्पले गोल गर्दै बार्यनलाई खेलमा फर्काउने कोशिश गरे । ८१ औ मिनेटमा अल्फान्सो डेविसले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

सडनडेथको खेलमा जेरोम बोटेङ्गले उत्कृष्ट बचाउ गर्दै बार्यनलाई निराश बनाउदै प्रि–सिजन टूरमा टोटेन्ह्यामलाई पहिलो उपाधि जिताउन सफल रहे ।