बार्यनको फराकिलो जितमा कौटोन्होको गोल

जर्मन बुन्डेस लिगा फुटबलमा साविक विजेता बार्यन म्युनिखले फराकिलो जित निकालेको छ ।

शनिबार भएको खेलमा बार्यनले फोर्टुना डुसेलड्रोफलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

फोर्टुनाको मैदानमा बायर्नलाई जित दिलाउन बेन्जामिन पाभर्ड, कोर्टिन टोलिस्सो, सेर्गी गेनब्री र फिलिपे कौटिन्होले एक एक गोल गरे ।

खेलको ११ औं मिनेटमा पाभर्टले गोल गर्दै वायर्नलाई अग्रता दिलाएका थिए । २७ औं मिनेटमा टोलिस्सोले गोल गर्दै बायर्नलाई २-० को अग्रता दिलाए ।

खेलको ३४ औं मिनेटमा सेर्गीले गोल गर्दा पहिलो हाफमा वायर्न ३-० ले अघि रह्यो । त्यसपछि खेलको ७० औं मिनेटमा कौटिन्होले गोल गर्दै बायर्नलाई ४-० को जित दिलाए ।

जितसँगै बायर्नले १२ खेलबाट २४ अंक जोडेको छ । र, वायर्न लिगको दोस्रो स्थानमा रहेको छ ।

फोर्टुना ११ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।