बार्सिलोनामा जोसेप मारियो बार्टमेउको शासन अन्ततः अन्त्य हुने देखिन्छ। क्लबले यस हप्ताको सुरूमा पुष्टि गरेको थियो कि उनलाई पदबाट निकाल्न आवश्यक १६,५२१ मत पुरा भएको छ र उनि माथि अविश्वासको प्रस्ताव सफल हुने छ।
क्लबका फ्यानहरु बार्टमेउ संग खुसी नरहेको कुरा स्पष्ट छ भने क्लबका सुपर स्टार मेस्सीले पनि उनको आलोचना गर्दै आएका छन्।
उनको नेतृत्वमा क्लबले धेरै गलत निर्णय लिएको छ र बोर्डले धेरै गल्तीहरु गरेको फ्यान र खेलाडीहरुको विश्वास छ।
उनकै नेतृत्वमा बार्काको रणनीति, वा सोको अभावले धेरै स्टार खेलाडीहरू बार्सा साइन गर्न नजिक पुगे पनि असफल भएको छ।
र ब्रिटिश अखबार द सनले सो खेलाडीहरुको सुची बनाएको छ जुन तल हेर्न सक्नु हुनेछ :-
11. Andre Onana
10. Inigo Martinez
9. Matthijs De Ligt
8. Eric Garcia
7. Marco Verratti
6. Adrien Rabiot
5. Willian
4. Memphis Depay
3. Neymar
2. Lautaro Martinez
1. Rodrigo