बायर लेभरकुसेन र होफेनहाइम बीचको खेलमा लेभरकुसेनका लियोन बेलीले निकै उत्कृष्ट गोल गरेका छन्। आइतबार भएको बुन्डेसलिगाको खेलमा लेभरकुसेनका लियोन बेलीले डि बक्स बाहिरबाट निकै उत्कृष्ट गोल गरे।
👀 Bayer Leverkusen’s Leon Bailey, who is being scouted by Manchester United, has scored this banger in today’s Bundesliga match 🔥 #mufc #mujournal pic.twitter.com/bDaIcmv2zJ
— United Journal (@theutdjournal) December 13, 2020
उक्त खेलको ३ मिनेट तिर बायर लेभरकुसेनले कर्नर किक पाएको थियो जसको चलाखीपूर्वक प्रयोग गरि लियोन बेलीले डि-बक्सको दाहिने तिरबाट निकै अविश्वसनीय गोल गरे। उनको त्यो कर्ली प्रहार रोक्न होफेनहाइमका गोलकिपरलाई असम्भव बनेको थियो।
सो गोलबाट बायर लेभरकुसेनले ३ मिनेट भित्रनै १-० अग्रता हासिल गरेको थियो भने सो खेल लेभरकुसेनले ४-१को गोलले जितेको थियो।