बायर लेवरकुसेनका मिडफिल्डरले गरे यस्तो उत्कृष्ट ब्याक-हिल गोल

बुन्डेसलिगामा इन्ट्राक्ट फ्रान्कफर्ट र बायर लेभरकुसेन बीचको खेलमा निकै उत्कृष्ट गोल भएको थियो जसको भिडियो हाल धेरै भाइरल हुदै गएको छ।

बायर लेवरकुसेनका मिडफिल्डर नाडीम अमीरीले खेलको ९औं मिनेटमा निकै उत्कृष्ट ब्याक-हिल गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए।

जर्मन मिडफिल्डरले डि-बक्स भित्र बललाई निकै राम्रो संग नियन्त्रण गर्दै डिफेन्डरलाई ‘नट-मेग’ गरे भने गोलकिपर बिरुद्ध निकै उत्कृष्ट ब्याक-हिल प्रयासमा गोल गरे।

सो गोलको भिडियो हाल निकै भाइरल हुदै गएको छ भने नाडीम अमीरीको पनि प्रसंसा भएको छ। उक्त खेल भने इन्ट्राक्ट फ्रान्कफर्टले २-१ले जितेको छ। उक्त खेलमा अमीरीले गरेको गोलको धेरै चर्चा हुदै गरेको छ।