बायर लेवरकुसेनका गोलकिपरद्वारा यस्तो हास्यास्पद ओन गोल

शनिबार बुन्डेसलिगामा आर्मिनिया बिएलेफेल्ड र बायर लेवरकुसेन बीचको खेलमा लेवरकुसेनका गोलकिपर लुकास ह्राडेकीले निकै अनौंठो गोल गरे तर दुर्भाग्यवश त्यो गोल भने आफ्नै पोस्टमा रहेको थियो।

डिफेन्डरले उनलाई दिएको ब्याक पासलाई प्रहर गर्ने प्रयासमा रहेका लुकासको प्रयासले बल आफ्नै गोल भित्र गयो र ओन गोल हुन पुग्यो।

उक्त बललाई क्ल्यर गर्ने प्रयासमा रहेका लुकासको बुटबाट बल सिधै अनौंठो रुपमा आफ्नै गोल पोस्ट भित्र गएको थियो। हाल सो ओन गोलको भिडियो सामाजिक संजालमा भाइरल हुदै गएको छ धेरैले उक्त गोलको बारे मिम र ट्रोल बनाउन सुरु गरेका छन्।

सो खेल भने बायर लेवरकुसेनले २-१ले जितेको थियो। आर्मिनियाको एक मात्र गोल सोहि ओन गोल रहेको थियो।