‘‘बायर्न म्युनिख मेरो वर्तमान हो, रियल फर्कने अहिले सोचेको छैन’- रोड्रिग्वेज

Bayern Munich's Colombian midfielder James Rodriguez leaves the pitch after warming up prior to the German first division Bundesliga football match FC Bayern Munich vs Borussia Moenchengladbach in Munich, southern Germany, on October 6, 2018. (Photo by Christof STACHE / AFP) / RESTRICTIONS: DFL REGULATIONS PROHIBIT ANY USE OF PHOTOGRAPHS AS IMAGE SEQUENCES AND/OR QUASI-VIDEO (Photo credit should read CHRISTOF STACHE/AFP/Getty Images)

बायर्न म्युनिखका मिडफिल्डर हामेस रोड्रिग्वेजले रियल म्याड्रिड फर्कने विषयमा नसोचेको बताएका छन् । रियलबाट लोनमा बायर्न पुगेका उनको सम्झौता यो सिजनको अन्त्यमा सकिनेछ । रोड्रिग्वेजले प्रशिक्षक निको कोभाकसँगको असमझदारी रहेको भन्ने विषय पनि अस्वीकार गरेका छन् ।


रियलका तत्कालिन प्रशिक्षक जिनेदिन जिदानलाई प्रभाव पार्न असफल भएपनि रोड्रिग्वेज जर्मन च्याम्पियन टोलीमा आबद्ध भएका थिए । कोलम्बियन स्टारले रियल फर्कने विषय अस्वीकार गरेका छन् । तत्काल बायर्नका विषयमा बाहेक अरु केहि नसोचेको उनले बताएका छन् ।

‘बायर्न म्युनिख मेरो वर्तमान हो । जुनसम्म मेरो सम्झौता बाँकी छ,’ उनले भने, ‘म यहाँ ठिक र खुसी छु । जुनमा के हुन्छ त्यति बेला हेरौंला । अहिले बायर्न बाहेक अरु विषयमा सोचेको छैन । नयाँ वर्षबाट नयाँ हिसाबले अघि बढ्ने अपेक्षा गरेको छु ।’

रोड्रिग्वेजले पछिल्लो समय बायर्नमा पनि खासै मौका पाएका छैनन् । यद्दपी उनले टोलीका प्रशिक्षकसँग कुनै समस्या नभएको बताएका छन् । उनले भने, ‘बायर्न मजबुत टोली हो । अर्कोतिर प्रशिक्षकसँग मेरो कुनै समस्या छैन ।’