बायर्न म्युनिख बिरुद्ध बार्सिलोनाको ८-२को हार बारे डकुमेन्ट्री आउँदै

गत सिजन बायर्न म्युनिखले च्याम्पियन लिगमा बार्सिलोना विरुद्ध ८-२को उत्कृष्ट जित हासिल गरेको थियो र खबर अनुसार बायर्नको त्यो जित समावेस भएको डकुमेन्ट्री अमेजन प्राइममा रिलिज हुने छ।

सो डकुमेन्ट्रीबारे बायर्न म्युनिखले आफ्नो ट्विटर मा पोस्ट गरेका थिए। “क्यामेराले त्यो क्षणमा हन्सी फ्लिकको टोलीलाई पछ्याउने छ र प्रशंसकहरूहरुलाई त्यो क्षणमा लाग्ने छ,” क्लबले पोस्ट गरे।

गत सिजनको ट्रेबलको ऐतिहासिक सफलता, साथ साथै जर्मन र युरोपियन सुपर कप, साथ साथै आगामी क्लब विश्व कप पनि सो डकुमेन्ट्रीमा देख्न सकिने क्लबले बताए।

अमेजन प्राइमले क्लबहरू संग डकुमेन्ट्री बनाउने गरेको छ यो भन्दा अगाडी अमेजन म्यान सिटी र स्पर्स संग डकुमेन्ट्री बनाएका थिए।