“बायर्न म्युनिख विरुद्धको जितको लागि आफ्नो खेलाडीहरूमा गर्व छ”

पिएसजीका प्रबन्धक मौरिसियो पोचेटिनोले च्याम्पियन्स लिगमा आफ्नो खेलाडीहरूको प्रदर्शनको प्रशंसा गरेका छन्। क्वार्टर फाइनलको पहिलो लेगमा पिएसजीले पुर्व च्याम्पियन्स बायर्नलाई उसकै होममा ३-२ले जिते पछि पोचेटिनो आफ्नो खेलाडीहरूबाट खुसी छन्।

पहिलो लेगको जित पिएसजीको लागि धेरै महत्त्वपूर्ण हुन सक्ने छ भने दोस्रो लेगको खेल पेरिसमा हुने छ। अवे लेगमा जित पछि पोचेटिनो आफ्नो खेलाडीहरूको मनोवृत्ति देखेर खुसी छन्।

“म नतिजा र टिमको मनोवृत्तिसँग खुसी छु, पिएसजीले युरोपको सर्वश्रेष्ठ पक्षको विरुद्ध कठिन परिस्थितिमा जित हात गरेको छ,” पोचेटिनोले भने।

“हामीले खेलाडीहरूलाई आफ्नो बलिदानको लागि बधाई दिनु आवश्यक छ र हामी यस प्रकारको प्रदर्शन दोहोर्‍याउन चाहन्छौँ।

“९०मिनेट खेल्न अझै बाँकी छ। यो राम्रो परिणाम हो तर दोस्रो लेग गाह्रो हुनेछ। हामीलाई त्यो थाहा छ तर आजको जित जितको लागि आफ्नो खेलाडीहरूमा गर्व छ।”