बायर्न म्युनिख जर्मन लिगको खेलमा बराबरीमा रोकियो

बायर्न म्युनिख जर्मन बुन्डेस लिगको पहिलो खेलमै बराबरीमा रोकिएको छ। शुक्रबार राति भएको खेलमा बायर्नले हर्था बर्लिनसँग २-२ गोलको बराबरी खेलेको छ।

घरेलु मैदान भएको प्रतिस्पर्धात्मक खेलमा रोवर्ट लेवान्डोस्कीले दुई गोल गरेपनि बायर्नले जित निकाल्न सकेन। हर्था बर्लिनका डोडी लुकेबाकियो र मार्काे ग्रुजिकले गोल गरे।

खेलमा सुरुवाती अग्रता बायर्नले लिएको थियो । २४औं मिनेटमा लेवान्डोस्कीले पहिलो गोल गरेका थिए । त्यसपछि ३६ औं मिनेटमा हर्था बर्लिनका डोडीले बराबरी गोल फर्काए।

३९ औं मिनेटमा मार्कोले गोलगर्दै हर्था बर्लिनलाई अगाडी बढाए । हर्था बर्लिनको अग्रतापछि जोसिएको बायर्नका लागि लेवान्डोस्कीले पेनाल्टीमार्फत ६० औं मिनेटमा बराबरी गोल फर्काएका थिए ।

त्यसपछि दुवै टिमबाट थप गोल हुन सकेन् र खेल २-२ मा सक्यो।