बायर्न म्युनिखले साइन गर्यो स्टार डिफेन्डर

बायर्न म्युनिखले आरबी लाइपजिगका डिफेन्डर डायोट उपामेकानो साइन गरेको छ।

आरबी लाइपजिगका डिफेन्डर डायोट उपामेकानोको यो सिजन उत्कृष्ट प्रदर्शन रहेको छ रियल म्याड्रिड जस्तो क्लब उनलाई साइन गर्न इच्छुक थिए।

हाल खबर अनुसार, बायर्न म्युनिख उनलाई साइन गर्न सफल भएका छन्। बायर्नले २२ वर्षका स्टारलाई ५ वर्षको सम्झौतामा साइन गरेको खबर छ। उनी अर्को सिजन देखि मात्र क्लबमा सामेल हुने कुरा छ। उनलाई साइन गर्न बायर्नले उनको €४२.५ मिलियनको रिलिज क्लज तिर्ने खबर छ।

उनी क्लबमा डेविड अल्बाको प्रतिस्थापन हुने खबर छ जो अर्को सिजन रियलमा जाँदै छन्।