बायर्न म्युनिखले बोयाटेङको सम्झौता नविकरण नगर्ने

एजेन्सी, बायर्न म्युनिखका डिफेन्डर जेरोम बोयाटेङको सम्झौता नविकरण नहुने भए पछि क्लब छोड्ने सम्भावना बदेको छ।

जर्मन डिफेन्डरले बायर्नका लागि करिब ४०० खेल खेलिसकेका छन। उनी २०११ मा जर्मन क्लबमा प्रवेश गरेका थिए।

यी ३२ बर्षिय डिफेन्डर बायर्नको प्रशिक्षक हान्सी फ्लिकका लागि नियमित रुपमा खेल्दै आइरहेको छ। उन्ले जारी सिजन २० खेलमा सुरुवात गरेका छन भने उन्को प्रदशन तारिफ योग्य रहेको विभिन्न फुटबल गुरुहरुको धारणा छन।

बोयाटेङलाई क्लबबाट कुनै प्रकारको साथ नहुदा क्लबसंग उनी रुष्ट छन। क्लबले पनि उन्लाइ नया सम्झौता नदिने मनशायमा देखिन्छन।

विश्व कप बिजेता बोयाटेङ क्लब छोडेको खण्डमा उन्लाइ भित्र्याउन चाहने क्लवहरुको कमि हुने देखिन्न। त्येस्तै उन्ले एलिएन्ज अरिना छोडेमा आर्सेनल र चेल्सी जस्ता क्लबले उन्लाइ अनुभन्ध गर्ने प्रयास गर्ने छन।

चेल्सीको मुख्य प्रशिक्षक थोमस टुचेलले बोयाटेङको खेल राम्रोसंग नियालेका छन उन्को बुन्डेस्लिगाको समयमा र आर्टेटा आफ्नो टोलिको डिफेन्स सुधार्न चाहन्छन।

बायर्नले अर्को सिजनका लागि आरबि लेप्जिगको डिफेन्डरलाइ दायोट उपामेकानोलाई £३६ मिल्यनमा अनुबन्धित गरीसकेका छन।