बायर्न म्युनिखले नयाँ कोच भित्राउने

Bayern's Serge Gnabry, right, celebrates his side's second goal with teammates Robert Lewandowski, center, and Thomas Mueller during the Champions League semifinal soccer match between Lyon and Bayern Munich at the Jose Alvalade stadium in Lisbon, Portugal, Wednesday, Aug. 19, 2020. (Miguel A. Lopes/Pool via AP)

जर्मन क्लब बायर्न म्युनिखले नयाँ कोच भित्राउने भएको छ। बायर्न म्यूनिखका कोच हान्सी फ्लिकले सिजनको अन्त्य पछि क्लब छोड्ने कुराको पुष्टि गरेका थिए र हाल खबर अनुसार उनको ठाउँमा बायर्नले आरबी लाइपजिगका कोच जुलियन नागेल्सम्यानलाई साइन गर्ने इटालियन रिपोर्टर फाब्रिजियो रोमानोको खबर छ।

हान्सी फ्लिकले आफ्नो सम्झौता समाप्त हुनु अगि सम्झौता रद्द गर्न अनुरोध गरेका थिए बायर्न सँग उनको सम्झौता २०२२/२३ सम्म रहेको थियो तर उनले पद त्याग गर्ने निर्णय लिएका छन्।

हान्सी फ्लिक र बायर्नका खेल निर्देशक हसन सलिहामीडिक बिच केही विवाद भएको चर्चा रहेको छ।

बायर्न म्यूनिख र जुलियन नागेल्सम्यान बिच हाल वार्ता हुँदै गरेको खबर छ र दुई बिच सम्झौता हुन धेरै नजिक रहेको जानकारी छ।

जुलियन नागेल्सम्यानलाई प्रिमियर लिग क्लब टटेनह्यामबाट पनि प्रस्ताव आएको खुलेको छ र बायर्न जान उनले स्पर्सको प्रस्ताव अस्वीकार गरेको पनि खबर छ।