बायर्न म्युनिखले जिते क्लब विश्वो कपको उपाधि

एजेन्सी, जर्मन क्लब बायर्न म्युनिखले फिफा क्लब विश्वकप फुटबलको उपाध जितेको छ ।

कतारमा बिहीबार राति भएको फाइनलमा मेक्सिकोको टाइग्रेसलाई १-० ले हराउँदै बायर्न च्याम्पियन बनेको हो ।

अहमेद विन अली स्टेडियममा बायर्नलाई जित दिलाउन बेन्जामिन पाभर्डले निर्णायक गोल गरे ।

पाभर्डले खेलको ५९ औं मिनेटमा गोल गरेका थिए ।

यससंगै बायर्नले दोस्रो पटक क्लब विश्वकपको उपाधि जित्न सफल भएका छन् ।

यस्तै बायर्नले पछिल्लो ९ महिनाभित्र ६ उपाधि जित्न सफल भएको छ ।

बायर्नले यस अघि बुन्डेसलिगा, जर्मन कप, च्याम्पियन्स लिग,यूईएफए सुपर कप र जर्मन सुपर कप जितेको थियो ।

यस अघि बायर्नले सेमिफाइनलमा इजिप्टको अल एहलीलाई २-० गोल अन्तरले हराएको थियो ।