जर्मन बुन्डेसलिगा अन्तर्गत बायर्न म्युनिखले फराकिलो जित हासिल गरेको छ ।
मंगलबार राती एलिएन्ज अरीनामा भएको खेलमा बायर्नले वेर्डेर ब्रेमेनलाई ६-१ ले हराएको हो ।
खेलमा बायर्नका गिन्याब्रीले ह्याटि्रक गरेका थिए ।
उनले २२, २८ र ८२ औं मिनेटमा गोल गरेका थिए ।
त्यस्तै मुसियालाले छैठौं मिनेटमा गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए ।
गोरेट्ज्काले २६ औं मिनेटमा गोल गरेको थियो ।
टेलले ८४ औं मिनेटमा गोल गरेको थियो ।
ब्रेमेनका जंगले १० औं मिनेटमा गोल गरेका थिए ।
जितसंगै बायर्न म्युनिख शीर्ष स्थानमा यथावत रहेको छ भने वेर्डेर ब्रेमेन साथौ स्थानमा रहेको छ ।