“बायर्न म्युनिखको यो चलन मलाई मन पर्दैन थियो”

Real Madrid's German midfielder Toni Kroos acknowledges fans at the end of the Spanish League football match between Real Madrid and Getafe at the Santiago Bernabeu stadium in Madrid on August 19, 2018. (Photo by JAVIER SORIANO / AFP) (Photo credit should read JAVIER SORIANO/AFP/Getty Images)

रियाल म्याड्रिडका स्टार मिडफिल्डर टोनी क्रुसले आफ्नो पुर्व क्लब बायर्न म्युनिखको एक ‘चलन’ आफुलाई मन नपरेको भनेर खुलाएका छन्।

बायर्न म्युनिख आफ्नो क्लब परम्परामा धेरै विश्वास गर्ने क्लबहो र परम्परामा अनुसार खेल पछि सबै खेलाडी मिलेर डिनर गर्ने चलन रहेको छ, यद्यपि यो वर्षौंको दौडान रमाइलो उत्सवको रुपमा रहेको छ, तर क्रुसले रीयल म्याड्रिडको चलननै आफुलाई राम्रो लागेको बताएका छन् ।

“रियल म्याड्रिडमा हामी खेल पछि तुरुन्त घर जान सक्छौ,” उनले आईनफेच मल लुप्पेन पोडकास्टलाई भने।

“बायर्न म्युनिखमा यो त्यस्तो खासै थिएन, विशेष गरी युरोपेली अवे खेलहरू पछि हामी सँगै डिनर गर्ने चलन छ।

“तर कहिलेकाँही यस्तो खेलहरू हुन्छन जुन पछि त्यस्तो संगै बसेर डिनर गरुम जस्तो लाग्दैन तर इमान्दार हुनु पर्दा मलाई त्यो चलन मन परेको थिएन। मलाई रियलमा हुने चलननै राम्रो लागेको छ खेल पछि हामी घर जान सक्छौ।”