बायर्न म्युनिखको नजर बार्साका स्टार गोलकीपरमा

बायर्न म्युनिखले हाल बार्सिलोनामा मार्क-एन्ड्रे टेर स्टेगनको स्थिति मोनिटर गर्दै गरेको खबर छ।

एएसका अनुसार बार्सिलोनासँगको मार्क-एन्ड्रे टेर स्टेगनको आफ्नो करार विस्तार गर्न ढिलाइले भए पछि क्लबहरूले उनको अवस्थाको अनुगमन गरेका छन, बायर्न म्युनिख पनि उनि माथि चासो देखाउने मध्ये एक क्लब हो।

जर्मन दिग्गजहरूले मार्क-एन्ड्रे टेर स्टेगनलाई ३३ बर्षेका मनुएल न्युयरको लागि उपयुक्त प्रतिस्थापनको रूपमा हेरेका छन्, बार्सिलोना आफ्नो नम्बर १ लाई क्लबमा राख्न कटिबद्ध हुनेछन्, जो लियोनेल मेस्सी पछि सबैभन्दा महत्त्वपूर्ण खेलाडी हो।

स्पेनी र जर्मन दुबै मिडियामा भएका रिपोर्टहरूले बायर्न म्युनिखको चासोको उल्लेख गरेको छ, तर क्याम्प नाउमा टेर स्टेगनको सम्झौता जुन २०२२ सम्म सकिदैन।