बायर्न म्युनिखका १९ बर्सका युवा लेफ्ट ब्याक जस्ले बार्साको डिफेन्स ध्वस्त गरे

शुक्रबारको अविश्वसनीय रातमा बायर्न म्युनिख खेलाडीहरुले उत्कृष्ट खेल देखाए र म्युनिखका १९ बर्सका युवा लेफ्ट ब्याक अल्फोन्सो डेभिसले सबैको ध्यान आकर्षित गरेका छन्। खेलको पाँचौं गोलमा असिस्ट गर्न उनले बार्साको डिफेन्स ध्वस्त गरे।

बायर्न म्युनिखले शुक्रबार राति च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा बार्सालाई निःशब्द बनायो। खेल अगाडि कार्ल-हेन्ज रुम्मेनिगेले युवा लेफ्ट ब्याक डेभिसको बारेमा लिओनेल मेस्सीलाई चेताउनी दिएका थिए तर वास्तवमा बार्साका डिफेन्डरहरूले त्यो चेतावनी सुन्न पर्ने देखा पर्यो ।

खेलको ६२ मिनेटमा उनले नेल्सन सेमेडो र जेरार्ड पिकलाई लज्जीत गर्दै जोसुआ किमिचलाई असिस्ट गरे जस्ले खेललाइ ४-२ बाट ५-२मा लग्यो।

१९ बर्सका क्यानाडियन युवाले उक्त खेलमा आफ्नो प्रदर्शनले सबैलाई प्ररित गरेका छन् र सामाजिक संजालमा उनको धेरै चर्चा भएको छ भने उनको धेरैले प्रशंसा गरेका छन्।