बायर्न म्युनिखका स्टार साइन गर्न बार्सा लिभरपूलसंग प्रतिस्पर्धा गर्न तयार

बार्सिलोनाका प्रबन्धक रोनाल्ड कोमनले जर्जिनियो विज्नल्डमको विकल्पको लागि नयाँ योजना बनाएका छन्।

डच मिडफिल्डरको लिभरपूलसंगको सम्झौता अझै एक बर्ष बाँकी छ र यदि विज्नल्डम संग बार्साको सम्झौता हुन सकेन भने सो अवस्थामा बार्साले नयाँ खेलाडीहरु तर्फा आफ्नो ध्यान केन्द्रित गर्ने खबर छ र मुख्य लक्ष्य बार्साको थिएगो अल्कान्ट्रा हुने छन्।

स्पेनका स्टारलाई साइन गर्न लिभरपूल पनि इच्छुक रहेका छन् र सो खेलाडी साइन गर्न बार्सा र लिभरपूल बीच प्रतिस्पर्धा हुने छ।

तर कोमन अझै विज्नाल्डम मन पराउँछन्, तर बार्साको बोर्ड थिएगो अल्कान्ट्रालाई फिर्ता चाहन्छन् उनि बार्साका ला मासियाका उत्पादन हुन् र २०१३मा उनि बायर्न गएका थिए।