बायर्न म्युनिखका स्टार मिडफिल्डर साइन गर्न म्यान्चेस्टर युनाइटेड इच्छुक

Bayern's Serge Gnabry, right, celebrates his side's second goal with teammates Robert Lewandowski, center, and Thomas Mueller during the Champions League semifinal soccer match between Lyon and Bayern Munich at the Jose Alvalade stadium in Lisbon, Portugal, Wednesday, Aug. 19, 2020. (Miguel A. Lopes/Pool via AP)

बायर्न म्युनिखका स्टार मिडफिल्डर थोमस मुलरले क्लब छोड्न सक्ने चर्चा हुँदा म्यान्चेस्टर युनाइटेडले उनको माथि आफ्नो नजर राखेको छ।

जर्मन मिडफिल्डरको सम्झौता सिजनको अन्त्यमा सकिने छ र अहिले सम्म दुई बिच सम्झौता विस्तार नभएको बेला उनले क्लब छोड्न सक्ने चर्चा भएको हो र म्यान्चेस्टर युनाइटेड उनलाई साइन गर्न इच्छुक रहेको जानकारी छ।

द टाइम्स संग कुरा गर्दै उनले भविष्यमा आफू नयाँ क्लब जान सक्ने स्वीकार गरे र सो कुरा सामान्य हुने पनि उनले बताए।

उनको सो टिप्पणीको कारण युनाइटेडले उनी माथि आफ्नो निगरानी राखेको खबर छ। युनाइटेडले २०१४मा पनि उनलाई साइन गर्न प्रयास गरेको थियो तर त्यो सफल भएन।

हाल खबर अनुसार बायर्न म्युनिखका स्टार मिडफिल्डर साइन गर्न म्यान्चेस्टर युनाइटेड इच्छुक छन् र उनी फ्री एजेन्ट भए उनलाई साइन गर्न प्रयास गर्ने छ।