बायर्न म्युनिखका स्टार मिडफिल्डर माथि रियल म्याड्रिडको चासो

बायर्न म्युनिखका स्टार मिडफिल्डर लियोन गोरेत्स्का माथि ला लिगा क्लब रियल म्याड्रिडको नजर रहेको जानकारी छ। हाल रिपोर्ट अनुसार रियल उनलाई भित्राउन इच्छुक रहेको छ भने उनको लागि रियलले बायर्न सँग सम्पर्क पनि गरेको जानकारी छ।

२६ वर्षका गोरेत्स्काको खेल बायर्नमा निकै राम्रो रहेको छ भने रियलले उनलाई ३५ वर्षका लुका मोड्रिक र ३१ वर्षका टोनी क्रुसको दीर्घकालीन प्रतिस्थापनको रुपमा हेर्ने जानकारी छ।

हाल गोरेत्स्काले बायर्न सँग सम्झौता नवीकरण गरेका छैनन् र अर्को गर्मीको ट्रान्सफर विन्डो उनी फ्री एजेन्ट हुने छन् र सो कारण उनलाई अहिले बेच्ने नै बायर्नको लागि राम्रो हुने छ।

उनलाई साइन गर्न अन्य क्लबहरू पनि इच्छुक रहेको चर्चा हुँदै गरेको छ भने म्यानचेस्टर युनाइटेड र बार्सिलोनाको नाम पनि उनी सँग जोडिने क्रम रहेको छ।

लियोन गोरेत्स्काले बायर्नमा आफ्नो प्रतिभाको देखाएका छन् भने उनी खेलमा दबाब हुँदा कसरी खेल्ने भनेर जान्दछन्। उनी दुवै क्लब र देशका लागि महत्त्वपूर्ण खेलाडी बन्न सफल रहेका छन् भने हाल रियलले उनलाई साइन गर्ने सक्ने खबर छ ।