बायर्न म्युनिखका स्टार माथि म्यान सिटीको नजर

बायर्न म्युनिखका स्टार स्ट्राइकर रोबर्ट लेवान्डोस्की माथि प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीको नजर रहेको जानकारी छ।

हाल म्यान सिटी सर्जियो अगुएरोको प्रस्थान पछि नयाँ स्ट्राइकरको खोजीमा रहेको छ, अर्लिङ हालाण्ड र ह्यारी केनलाई सिटीले आफ्नो प्राथमिकता बनाए पनि दुवै खेलाडीको लागि सिटीको वार्ता अघिमा प्रगति भएको छैन र हाल खबर अनुसार सिटीले आफ्नो नजर बायर्न म्युनिखका स्टार माथि राखेको छ।

बायर्न म्युनिखका स्टार स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले क्लब छोड्न सक्ने धेरै चर्चा रहेको छ भने उनको एजेन्टले उनी नयाँ क्लबमा जान खुल्ला रहेको बताए पछि धेरै क्लबहरूले उनी माथि आफ्नो नजर राख्न सुरु गरेको थियो जसमा सिटी पनि रहेको छ।

बायर्न र लेवान्डोस्की बिचको सम्झौता २०२२ सम्म रहे पनि हाल उनले क्लब छोड्न सक्ने चर्चा रहेको छ। हाल खबर अनुसार लेवान्डोस्कीका एजेन्ट र क्लब बिच खेलाडीको तलब ’bout विवाद भएको छ र लेवान्डोस्कीले बायर्न सँग सम्झौता विस्तार गरेका छैनन् र सो स्थितमा सिटीको निगरानी रहेको जानकारी छ।

३२ वर्षका लेवान्डोस्की हाल युरोपको सबैभन्दा उत्कृष्ट स्ट्राइकर मध्ये एक हुन् र उनको अवस्थामा हाल धेरै क्लबको नजर रहेको जानकारी छ।

हाल उनको नाम प्रिमियर लिग क्लबहरू सँग जोडिएको छ। सिटी सँगै म्यानचेस्टर युनाइटेड र चेल्सी जस्ता प्रिमियर लिग क्लबहरूको नजर उनी माथि रहेको जानकारी छ।