बायर्न म्युनिखका स्टार डिफेन्डर साइन गर्न युभेन्टस र म्यान सिटी बीच प्रतिस्पर्धा

एफसी बायर्न म्युनिखका स्टार डिफेन्डर डेविड अलबा साइन गर्न युभेन्टस र म्यानचेस्टर सिटी बीच प्रतिस्पर्धा हुने देखा परेको छ।

अलबाको सम्झौता बायर्न संग जुनमा अन्त्य हुने छ र युभेन्टस, म्यानचेस्टर सिटी र लिभरपूल जस्तो क्लबहरु उनलाई साइन गर्न इच्छुक रहेका छन्।

२८ वर्षीय डेविड अलबाले आफ्नो सम्झौता नविकरणका लागि प्रति हप्ता £२८०,००० (£१३ मिलियन प्रति वर्ष)को माग गर्दै आएका छन् जुन बायर्न अस्वीकार गर्दै आएको छ।

अर्को गर्मीको विन्डोमा उनि फ्री एजेन्ट हुने छन् र उनलाई नि: शुल्क क्लब छोड्नबाट रोक्न बायर्नले उनलाई चाडै बेच्न पर्ने हुने छ। जनवरी देखि उनि नयाँ क्लब संग वार्ता गर्न स्वतन्त्र हुने छन्। युभेन्टस र म्यान सिटी उनलाई साइन गर्न इच्छुक रहेको खबर छ भने लिभरपूलले पनि उनलाई साइन गर्ने प्रयास गर्ने खबर छ।