बायर्न म्युनिखका स्टार डिफेन्डर र रियल म्याड्रिड बीच सम्झौता

बायर्न म्युनिखका स्टार डिफेन्डर डेविड अलबाले फ्री एजेन्टमा रियल म्याड्रिड जाने निश्चित भएका छन्। म्यूनिख सँग उनले सम्झौता विस्तार गर्न अस्वीकार गरेका थिए र हाल खबर अनुसार अलबा र रियल बिच ५ वर्षको सम्झौता भएको छ।

डेविड अलबालाई साइन गर्न पिएसजी, चेल्सी र म्यान्चेस्टर युनाइटेड जस्तो क्लब पनि इच्छुक थिए। हाल खबर अनुसार उनले रियल सँग ५ वर्षको सम्झौता स्वीकार गरेका छन्।

रियलले धेरै समय देखि उनी माथि आफ्नो नजर राखेको थियो। रामोस क्लब छोड्न नजिक रहेको बेला रियल नयाँ डिफेन्डरको खोजीमा रहेको थियो।

म्यूनिखका सीईओले अलबालाई क्लबमा राख्न म्यूनिखले सबै प्रयास गरे पनि असफल रहेको बताए। जनवरी देखि उनी कुनै पनि क्लब सँग वार्ता गर्न स्वतन्त्र भएका थिए र उनलाई साइन गर्ने प्रयासमा रियल म्याड्रिड धेरै सक्रिय रहेको थियो।