बायर्न म्युनिखका स्टार डिफेन्डर साइन गर्न पाँच क्लबहरु प्रतिस्पर्धामा

बायर्न म्युनिखका स्टार डिफेन्डर डेविड अलबा फ्री एजेन्ट हुने क्रममा छन् र आउँदो गर्मीको ट्रान्सफर विन्डोमा उनलाई भित्राउन अहिले देखिनै क्लबहरु कडा प्रतिस्पर्धामा छन्। ट्रान्सफर विज्ञ फाब्रीजियो रोमानोका अनुसार पाँच क्लबहरु उनलाई साइन गर्ने प्रतिस्पर्धामा छन्।

रोमानोका अनुसार अलबाको सपना रियल हो र उनि निःशुल्क फ्री एजेन्टको रूपमा रियल जान इच्छुक छन् तर दुई बीच केहि पनि हस्ताक्षर भएको छैन।

उनलाई साइन गर्न इच्छुक रहेको क्लबहरुमा चेल्सी, म्यान्चेस्टर युनाइटेड, रियल म्याड्रिड जस्तो क्लबहरु रहेका छन्।

खबर अनुसार आउँदो दिनमा रियलले उनलाई साइन गर्न प्रयास गर्ने छन्। चेल्सी, म्यान्चेस्टर युनाइटेडको पनि उनि सम्बन्धित गतिविधि हुन सक्ने पनि खबर छ।