बायर्न म्युनिखका स्टार फ्रेन्च डिफेन्डर बेन्जामिन पाभार्ड माथि प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडको चासो चासो रहेको जानकारी छ।
Benjamin Pavard has interests in Manchester United, Chelsea and Atletico Madrid. [@SkySports] pic.twitter.com/5aKLLhRFva
— BayernTimes (@BayernTimes) November 11, 2022
न्जामिन पाभार्ड २०१९ देखि जर्मन क्लबमा रहेका छन् भने उनको खेल बायर्नमा निकै राम्रो रहेको छ र २०१८मा फ्रान्सले विश्वकप जित्दा उनी फ्रेन्च टिमको एक महत्त्वपूर्ण खेलाडीको रूपमा थिए र हाल उनले क्लब छोड्न सक्ने चर्चा हुँदै गर्दा युनाइटेडको चासो उनी माथि रहेको छ।
पाभार्ड र बायर्न बीचको सम्झौता २०२४ सम्म रहेको छ भने दुई बिच हाल सम्म सम्झौता विस्तारको वार्ता भएको छैन र पाभार्ड क्लब छोड्न इच्छुक रहेको रिपोर्ट हुँदा बायर्न पनि उनलाई बेच्न तयार हुन सक्ने जानकारी रहेको छ र युनाइटेडले आफ्नो निगरानी उनी माथि राखेको रिपोर्ट छ।
🚨 Benjamin Pavard not against leaving Bayern Munich amid.🟥#FCBayern
👀 Manchester United, Chelsea, Atletico Madrid and Real Madrid are monitoring the situation of the 26-year-old French player.
🟥 #MUFC 🟦 #CFC
⬜ #HalaMadrid 🟥 #Atleti https://t.co/TCDbXswtdu pic.twitter.com/pBiDZNLdBf— Ekrem KONUR (@Ekremkonur) November 11, 2022
युनाइटेडका कोच एरिक टेन ह्याग फ्रेन्च डिफेन्डर बेन्जामिन पाभार्डको प्रदर्शनबाट प्रभावित रहेको रिपोर्ट छ र उनलाई क्लबमा भित्राउन टेन ह्याग धेरै इच्छुक रहेका छन् र युनाइटेड सहित चेल्सी, रियल म्याड्रिड र एट्लेटिको म्याड्रिडले पनि उनलाई साइन गर्न प्रयास गर्न सक्ने खबर छ।
बेन्जामिन पाभार्डले हाल सम्म जर्मन क्लब बायर्नको लागि १३९ खेल खेल्दै ९ गोल र ११ असिस्ट गरेका छन् भने क्लबमा उनले ३ पटक लिग उपाधि र १ च्याम्पियन्स लिग सहित धेरै उपाधिहरू जितेका छन्।