बायर्न म्युनिखका स्टारले क्लब छोड्न सक्ने

बायर्न म्युनिखका स्टार विंगर किंग्सले कोमानले क्लब सँग सम्झौता विस्तारको प्रस्ताव अस्वीकार गरेका छन्। द किकरका अनुसार स्टार विंगरले बायर्नको नयाँ सम्झौता प्रस्ताव अस्वीकार गरेको छ।

बायर्नले उनलाई प्रति वर्ष €१२ मिलियनको प्रस्ताव गरेको खुलेको छ, तर कोमानले उक्त प्याकेजलाई अस्वीकार गरेका छन् र यो क्लबसँगको सफलतामा आफूले पाउनुपर्ने तलब आफूले नपाएको उनको विश्वास रहेको कुरा छ।

उनले क्लबको प्रस्ताव अस्वीकार गरे पछि उनले क्लब छोड्न सक्ने चर्चा रहेको छ। बायर्न र कोमान बिचको अवस्थामा प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेडको निगरानी रहेको पनि खबर छ।


युनाइटेड उक्त स्टार विंगर साइन गर्न इच्छुक रहेका छन् भने म्यानचेस्टर युनाइटेडले गएको गर्मीको विन्डोमा कोमानको ’bout बायर्नलाई सोधपुछ गरेका थिए।

अहिलेको लागि कोमान र बायर्न बिचको वार्ता केही समयको बन्द भएको छ।