बायर्न म्युनिखका स्टारले यसरी देखाए आफ्नो उत्कृष्ट ‘स्प्रिन्ट’ क्षमता

बायर्न म्युनिखका स्टारले अल्फोन्सो डेभिसले अर्मिनियाको विरुद्ध बल पछ्याउने क्रममा ३५.६ किमी प्रति घण्टाको गतिमा पुगे। अर्मिनिया विरुद्धको ३-३को बराबरीमा बायर्न म्युनिखका स्टारले यसरी देखाए आफ्नो उत्कृष्ट ‘स्प्रिन्ट’ क्षमता देखाएका थिए ।

हिउँले छोपिएको मैदानमा खेलको ३० औ मिनेटमा बल पछ्याउने क्रममा अल्फोन्सो डेभिसले निकै उत्कृष्ट दौड लगाए ।

विपक्षी टिमको काउन्टर अट्याक रोक्न उनले ३५.६ किमी प्रति घण्टाको गतिमा बललाई पछ्याए र बल नियन्त्रण गर्दै उनी सो काउन्टर अट्याक विफल गर्न सफल भए ।

उनको सो स्प्रिन्ट देखेर फ्यानहरू निकै चकित थिए र सो भिडियो हाल भाइरल हुँदै गएको छ। सामान्य मैदानमा तेज दौड लगाउने गाह्रो कुरा हो र उनले त्यो हिउँले छोपिएको मैदानमा गरे जसको कारण उनको धेरै प्रशंसा हुँदै गरेको छ।