बायर्न म्युनिखका पुर्व मिडफिल्डर कतारी क्लबमा आबद्ध

एजेन्सी, बायर्न म्युनिखका पुर्व मिडफिल्डर जाभी मार्टिनेज कतारी क्लब कतार स्पोर्ट्स क्लबसंग आबद्ध भएको छ। क्लबले आफ्नो सामाजिक संजाल मार्फत उनलाइ अनुबन्ध गरेको घोषणा गरेको हो।

उनी स्पेनमा पुर्व क्लब एट्लेटिको बिल्बाओमा जान चाहे पनि अन्तत कतारमा गएका हुन। उनले उक्त क्लबसंग एक बर्षको सम्झौता गरेको छ।

कतार स्पोर्ट्स क्लब गत सिजनको लिगमा छैठो स्थानमा रहेको थियो।

त्यस्तै ब्राजिलियन लेजेण्ड जि रोबोरटोलाई क्लबले मुख्य प्रशिक्षकको जिम्मा सुम्पिएको छ।