बायर्न माथि माइन्जको शान्दार जित

एजेन्सी, बुन्डेस्लिगा अन्तर्गत बायर्न र माइन्जको खेलमा बायर्नले हार बेहोरेको छ। हार संगै बायर्न म्युनिख लगातार नवौं पटक बुन्डेस्लिगा जित्न अर्को खेल पर्खनु पर्ने भएको छ।

माइन्जको घरेलु मैदानमा भएको उक्त खेलमा बायर्न २-१ गोलले स्तब्ध भएको हो।

बायर्न खेलको दुई मिनेटमा नै पछि पर्यो। बुर्कार्द्टले गोल गर्दै माइन्जलाई अग्रता दिलाए।

खेलको ३६ औं मिनेटमा क्वैशनले अग्रता दोब्बर पारे।

बायर्नका लागि लेवान्डोस्कीले ९० औं मिनेटमा गोल फर्काए। यद्यपि, गोल भने पर्याप्त भएन।