बायर्नले गर्‍यो एकै खेलमा २३ गोल

जर्मन लिग विजेता बायर्न म्युनिखले सानदार प्रदर्शन गरेको छ । शुक्रवार बिहान भएको मैत्रीपूर्ण खेलमा बायर्नले रोताक एगर्नलाई २३-० गोलअन्तरले पराजित गरेको हो ।

बायर्नका ५ खेलाडीले ह्याट्रिक गोल गरेका थिए । उनका लागि कोरेन्टिन टोरिसो, रोबेर्टो लेवान्डोस्की, थोमस मुलर, लियोन गोरेत्जका र क्वाइस ओकेयरी वरिड्टले ह्याट्रिक गोल गरेका थिए। त्यस्तै रेनाटो सान्चेसले २, लियोन डजाकु, सर्ज ग्नाबरी, सरप्रित सिंह र एलेक्सजेन्डर नोलेनबर्गरले १-१ गोल गरे ।

१ गोल भने बायर्नले उपहार पाए। गोलको वर्षा नै गर्ने क्रममा बायर्नले पहिलो हाफसम्म ११ गोल तथा दोस्रो हाफमा थप १२ गोल गर्दै डमदार जित हात पारे।