‘बायर्नका खेलाडीहरू घमन्डमा थिए’

पिएसजी च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । मङ्गलवार राति क्वाटर फाइनलको दोस्रो लेगमा जर्मन क्लब बायर्न म्युनिखसँग पराजित भए पनि पिएसजी अन्तिम चारमा पुगेको हो ।

घरेलु मैदानमा पिएसजी बायर्नसँग १-० ले पराजित भएको थियो । तर, समग्रमा नतिजा ३-३ गोलको बराबरी भएपछि अवे गोलको आधारमा पिएसजी सेमिफाइनलमा पुगेको हो ।

उक्त जित पछि हाल नेमारको फोटो भाइरल हुँदै गएको छ जसमा उनी बायर्नका स्टार जोशुआ किमिचको अगाडी सेलेब्रेट गर्दै गरेको देखिन धेरैले नेमारले किमिचको ट्रोल गरेको भनेर सोचे भने नेमारले सो बारे बोलेका छन्।

बायर्नका खेलाडीहरूले धेरै घमन्ड गरेको नेमारको विश्वास छ र भाग्यको कारण उनी किमिचको अगाडी सेलेब्रेट गर्न पुगेको उनले दाबी गरे।

“यो रमाइलो छ किनकि मैले किमिचलाई देखाउन सेलेब्रेट गरेको होइन, म लियो सँग सेलेब्रेट गर्न गएको थिए तर किमिच अगाडी भएको कारण उनी सँग सेलेब्रेट गरेको जस्तो देखियो। भाग्यले मलाई [किमिच ] नजिक गरे,” खेल पछि नेमारले टीएनटी स्पोर्ट्स ब्रासिललाई भने।

“उनले भनेका थिए कि उनीहरूको टोली राम्रो छ, कि उनीहरू जित्ने छन्। उनी पक्का थिए कि बायर्न सेमिफाइनलमा पुग्ने छ।”

पिएसजीले पहिलो लेगमा साबिक विजेता बायर्नलाई ३-२ ले हराएको थियो । पिएसजीको मैदानमा बायर्नलाई जित दिलाउन एरिक म्याक्सिम चौपो मोटीङले निर्णायक गोल गरे ।

उनले खेलको ४० औँ मिनेटमा गोल गरेका थिए । तर, उनको गोलले बायर्नलाई अन्तिम चारमा पुर्‍याउन पर्याप्त भएन ।