बायन म्युनिख तथा जर्मनीका लेजेन्डको निधन

एजेन्सी, जर्मन क्लब बायन म्युनिख तथा जर्मनीका लेजेन्ड जर्ड मुलरको ७५ वर्षको उमेरमा निधन भएको छ। इतिहासकै माहान स्ट्राइकर मध्ये एकका रुपमा चिनिने मुलरले जर्मन क्लब बायन म्युनिखका लागि ६०५ खेलमा ५६३ गोल गरेका थिए।

उनले आफ्नो राष्ट्रिय टोलिका लागि पनि ६२ खेलमा ६८ गोल गर्न सफल भएका थिए। आफ्नो राष्ट्रिय टोलिका लागि गरेको ६८ गोल मध्ये एक गोल उनले १९७४ विश्व कप फाइनलमा गरेका थिए जुन खेलमा वेस्ट जर्मनीले नेदरल्याण्डलाई २-१ ले पराजित गरि विश्व कपको उपाधी जित्न सफल भएको थियो। २०१५ मा उनी अल्जाइमर्स रोगले पीडित रहेको भनिएको थियो।