बायन म्युनिखको मिडफिल्डर माथी म्यान्चेस्टर युनाइटेडको नजर

एजेन्सी, इङलिस क्लब म्यान्चेस्टर युनाइटेडको नजर जर्मन क्लब बायन म्युनिखका मिडफिल्डर लियोन गोरेट्स्का माथी परेको छ। रिपोर्टका अनुसार म्यान्चेस्टर युनाइटेड मिड्फिल्डरको खोजीमा रहेको हुँदा क्लबको नजर गोरेट्स्का माथी परेको हो।

म्यान्चेस्टर युनाइटेडका स्टार मिड्फिल्डर पल पोग्बाले यो ट्रान्सफर सिजन क्लब छाड्न सक्ने सम्भावना रहेको हुँदा पनि क्लबको नजर गोरेट्स्का माथी पर्न गएको हुन सक्ने आंकलन लगाइएको छ। पल पोग्बा अर्को एक सिजनका लागि मात्र युनाइटेडमा अनुबन्ध छन् र अर्को वर्ष फ्री एजेन्टको रुपमा क्लब छाड्न सक्ने छन्।
२६ वर्षका लियोन गोरेट्स्का पनि २०२२ सम्म मात्र बायन म्युनिखमा अनुबन्ध भएता पनि क्लब उनलाई थप समयका लागि अनुबन्ध गर्न प्रयास गरिरहेको बताइएको छ। उनी २०१८ मा बायन म्युनिखमा अनुबन्ध भएका थिए। बायनको जर्सीमा उनले ११२ खेल खेल्नुका साथसाथै २५ गोल गर्न पनि सफल भइ सकेका छन्।