बायन म्युनिखका स्टार डिफेन्डर रियल म्याड्रिड जाँदै

बायर्न म्यूनिखका स्टार डिफेन्डर डेभिड अलाबा रियल म्याड्रिड जाने भएका छन् । रिपोर्ट्का अनुसार २८ वर्शिया अलाबाले रियल म्याड्रिड संँग ५ बर्षको लागी सम्झौता गरेका छन् । अलाबा फ्री एजेन्टका रुपमा रियल म्याड्रिड जाने भएका हुन् । अलाबाले सिजनको १२ मिलियन पारिकश्रम लिने बुुुझिएको छ। अलाबाले जारी सिजन ४२ वटा खेल खेलेका छन भने २ गोल गर्न सफल पनि भएका छन।

रिपोर्ट्का अनुसार जनवरीमानै आलाबा रियल म्याड्रिड जाँने निधो भईसकेको थियो। चेल्सी,लिभरपुल ,बार्सिलोना जस्ता विभिन्न क्लबहरु आलाबालाई भित्र्याउन इच्छूक भएता पनि आलाबा भने रियल म्याड्रिड तर्फ नै बढी आकर्षित थिए।