बाबुलाई पछ्याउँदै रोनाल्डो जुनियर

क्रिस्टियानो रोनाल्डोका छोराले बाबुकै पथ पछ्याउने सम्भावना देखाएका छन् । रोनाल्डो युभेन्ट्स पुगेसँगै युभेकै युवा टोलीमा खेल्न थालेका रोनाल्डो जुनियरले आफ्नो बुबाको छनक देखाउन थालेका छन् ।

रोनाल्डोले सामाजिक सञ्जालमा छोराले गोल गरेको भिडियो अपलोड गर्दै एक दिन आफ्नो कीर्तिमानलाई उनले चुनौति दिने बताएका छन् । रोनाल्डो युभेन्ट्स पुगेसँगै क्लबको यू ९ टोलीमा आबद्ध उनका छोराले यो वर्ष टोलीका लागि ४ गोल गरिसकेका छन् । आइतबार रोनाल्डोले उनका छोराले गोल गरेको भिडियो ट्विटरमा अपलोड गरेका छन् ।

रोनाल्डो जुनियरले प्रभावशाली प्रदर्शन गर्ने क्रममा विपक्षी खेलाडीलाई विट गर्दै नजिकबाट गोल गरेका थिए । दोस्रो गोलमा उनले विपक्षी गोलकिपरलाई रोक्नै मौका दिएका छैनन् ।