बाङ्लादेशबिरुद्ध खेल्ने नेपाली फुटबल टोलि घोषणा; पूरा जानकारी

Nepal's football players stand as their national anthem is played prior to the Asian Cup qualifying football match between the Philippines and Nepal in Manila on March 28, 2017. / AFP PHOTO / Ted ALJIBE (Photo credit should read TED ALJIBE/AFP via Getty Images)

बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ ।

अखिल नेपाल फुटबल संघले बुधबार २५ सदस्सीय नेपाली टोलीको घोषणा गरेको हो ।

प्रशिक्षणमा बोलाईएको ३४ खेलाडीबाट एन्फाले २५ सदस्सीय टिमको घोषणा गरेको हो ।

जसमा मिडफिल्डर रोहित चन्द टिममा परेका छैनन् । प्रशिक्षणको दौरान चोट बोकेपछि रोहित टिम बाहिर रहेका हुन् ।

यस्तै अन्य ७ खेलाडी कोरोना संक्रमण देखिएपछि बंगलादेश जाने छैनन् ।

नेपालले कात्तिक २८ र मंसिर २ गते बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।

नेपालले बाल गोपाल महर्जनको प्रशिक्षणमा बंगलादेशसँग खेल्नेछ ।

मुख्य प्रशिक्षक योहान कालिन स्विडेनमा रहेको कारण एन्फाले महर्जनलाई टिम हेर्ने जिम्मेवारी दिएको हो ।

कोरोना भाईरसको महामारीको कारण स्विडेन सरकारले भ्रमणमा कडाई गरेपछि कालिन नेपाल फर्कन नपाएको एन्फाले जनाएको छ ।

टिमको सहायक प्रशिक्षकमा किरण श्रेष्ठ र गोलकिपर प्रशिक्षकमा विकास मल्ल रहेका छन् ।

नेपाली टोलि : अजित भण्डारी, अनन्त तामाङ, अन्जन बिष्ट, एरिक बिष्ट, भरत खवास, विकास खवास, बिक्रम लामा,विमल राना, विशाल श्रेष्ठ, दर्शन गुरुङ, दिप कार्की, दिलेन लोक्तन, जर्ज प्रिन्स कार्की, किरण चेम्जोङ, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रंजित धिमाल, रवी पासवान, सरोज दाहाल, सेसेहाङ आङ्देम्बे, सुवास गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, तेज तामाङ, छिरिङ गुरुङ