२०२१को बलोन डि’ओरको लागि मनोनीत भएका ३० खेलाडीको सुची सार्वजनिक भएको छ र यो वर्षको बलोन डि’ओर जित्ने मुख्य दाबेदारको रुपमा रहेका पिएसजीका सुपरस्टार लिओनेल मेस्सीले आफ्नो प्रतिद्वन्द्वी र आफ्नो भोट ’bout बोलेका छन्।
Entretien exclusif avec Lionel Messi dans @francefootball 💬
L’attaquant du Paris-SG s’exprime sur le #ballondor : « Il y a des joueurs au niveau individuel qui ont fait une grosse saison » pic.twitter.com/mR3Z24yh5X
— la chaine L’Équipe (@lachainelequipe) October 8, 2021
बार्सा सँग कोपा डेल रे र अर्जेन्टिना सँग कोपा अमेरिका जितेका थिए भने सो क्रममा मेस्सीले ४६ खेलमा ३७ गोल गरे र १४ असिस्ट पनि प्रधान गरे र यो वर्षको बलोन डि’ओर जित्ने मुख्य दाबेदारको रुपमा रहेका मेस्सीले बलोन डि’ओरमा आफूले कुन खेलाडीलाई भोट दिने र उक्त अवार्डको लागि मुख्य प्रतिद्वन्द्वी को हुने ’bout उनले एक अन्तर्वार्तामा बोले।
“मसँग मेरो टिमका दुई खेलाडीहरु पनि मनोनीत भएका छन् जसलाई म स्पष्ट रूपले भोट दिन्छु: नेमार र एम्बाप्पे,” मेस्सीले अन्तर्वार्तामा खुलाए।
बलोन डि’ओरको लागि आफूलाई चुनौती दिन सक्ने खेलाडी’bout उनले रियल म्याड्रिडका स्टार बेन्जेमा र बायर्न म्युनिखका लेवान्डोस्कीको पनि नाम लिए।
“त्यहाँ खेलाडीहरू छन् जसले व्यक्तिगत रूपमा उत्कृष्ट सिजन बिताए, जस्तै [रोबर्ट] लेवान्डोस्की वा [करीम] बेन्जेमा, दुवैको एक उत्कृष्ट वर्ष रह्यो”- मेस्सीले थपे
मेस्सीले आफ्नो दुई भोट नेमार र एम्बाप्पेलाई दिने बताए तर उनले आफ्नो तेस्रो भोट कुन खेलाडीलाई दिने ’bout खुलाएनन्।
२०२१ बलोन डि’ओरमा मनोनीत भएका ३० खेलाडीहरूको पूर्ण सुची तल हेर्नुहोस्:-
गोलरक्षक – जियानलुइजी डोन्नररुम्मा (पीएसजी)
डिफेन्डर – लियोनाद्रो बोनुची (युभेन्ट्स), जर्जियो चिलियनी (युभेन्ट्स), सिमोन कायर (एसी मिलान), सिसर एज्पिलिक्वेटा (चेल्सी) र रुवेन डियास (म्यानचेस्टर सिटी)
मिडफिल्डर – एङ्गोलो कान्टे (चेल्सी), मासन माउन्ट (चेल्सी), निकोलो बरेल्ला (इन्टर मिलान), ब्रुनो फर्नान्डेस (म्यानचेस्टर युनाइटेड), पेड्री (बार्सिलोना), लुका मोड्रिच (रियल म्याड्रिड), केभिन डि ब्रुयन (म्यानचेस्टर सिटी), जर्गिन्हो (चेल्सी) र फिल फोडेन (म्यानचेस्टर सिटी)
फोवार्ड– रियाद महारेज (म्यानचेस्टर सिटी), एर्लिङ हालान्ड (बोरुसिया डर्टमुन्ड), ह्यारी केन (टोटेनहम), करिम बेन्जेमा (रियल म्याड्रिड), रहिम स्टर्लिङ (म्यानचेस्टर सिटी), लियोनेल मेस्सी (पीएसजी), नेयमार (पीएसजी), लोउटारो मार्टिनेज (इन्टर मिलान), रोबर्ट लेवान्डोस्की (बायर्न म्युनिख), मोहम्मद सलाह (लिभरपुल), रोमेलु लुकाकु (चेल्सी), क्रिस्टियानो रोनाल्डो (म्यानचेस्टर युनाइटेड), केलियन एमबाप्पे (पीएसजी), जेरार्ड मोरेनो (भिल्लारियल) र लुइस सुआरेज (एट्लेटिको म्याड्रिड)