रोनाल्डोको बलात्कार विवादमा नाईकी गम्भिर

बलात्कार विवादमा फसेका पोर्चुगाली स्टार क्रिस्टियानो रोनाल्डोको बिषयमा खेल सामाग्री उत्पादक कम्पनी नाईकीले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

रोनाल्डोसंग करिब ७ सय ६८ मिलियन पाउण्डको सम्झौता गरेका नाईकीले रोनाल्डोमाथि लागेको बलात्कारको आरोपमा आफु गम्भिर रहेको बताएको हो । उसले एक विज्ञप्ती जारी गर्दै घटनालाई आफुहरुले मिहिन रुपमा हेरिरहेको बताएको हो ।

३३ बर्षिया रोनाल्डोमाथि अमेरिकी महिलालाई सन् २००९ मा लास भेगासको एक होटलमा बलात्कार गरेको आरोप लागेको छ । ३४ बर्षिया अमेरिकी शिक्षिका मायोर्गाले ‘मि टु मुभमेन्ट’बाट प्रभावित भएर आफुमाथि भएको बलात्कारको बिषय बाहिर ल्याएको बताएकी छिन् ।

नाईकीले सार्वजनीक गरेको बिज्ञप्तीमा भनिएको छ, ‘हामीले घटनाको बिषयमा गम्भिर भएर सोचिरहेका छौ । सबै घटनालाई नजिकबाट नियाली रहेका छौ ।’
रोनाल्डोले यसैसिजन स्पेनिस क्लब रियल मड्रिडबाट ईटालियन क्लब युभेन्ट्स पुगेका थिए ।

तर रोनाल्डोले आफुमाथि लाग्दै आएको आरोपको अस्विकार गर्दै आएको छ ।

via:- Khelpati