बर्न्ले माथि लिभरपुलको सहज जित

एजेन्सी, प्रिमियर लिग अन्तर्गत शनिबार साझ भएको खेलमा लिभरपुलले जित दर्ता गरेको छ । मर्सिसाइड क्लबले बर्न्लेलाइ २-० गोलले हराउदै लिगमा दोश्रो जित हासिल गरेको छ ।

लिभरपुलको जितमा डिएगो जोटा र साडियो मानेले एक एक गोल गरे ।

जोटाले लिभरपुललाइ शुरुवाति अग्रता दिलाए । उनले खेलको १७ औं मिनेटमा कोस्टास सिमिकसको क्रसमा गोल गरे ।

सलाहले पहिलो हाफमा गोल गरे तर उक्त गोललाइ रेफ्रिले अफसाइडको संज्ञा दियो ।

अक्रामक खेललाइ निरन्तरता दिदै लिभरपुलले अग्रता दोब्बर खेलको ६८ औं मिनेटमा मानेले जुरायो ।

मानेले ट्रेन्ट आर्नोल्डको पासमा उत्कृष्ट गोल गरेका थिए । त्यस, पछि कुनै टिमबाट गोल नहुदा लिभरपुलले खेल २-० ले जित्यो ।

यस जितसंगै लिभरपुल तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । उसले दुइ खेलमा जित हात पार्दै ६ अंक जोडेको छ ।

यस्तै, बर्न्लेले कुनै अंक जोड्न सकेको छैन ।