प्रेमिएर लिगमा बर्नलेको उत्कृष्ट जित, वाट्फोडको हार, इभर्टनको बराबरी; पुरा जानकारी

इङलिस प्रेमिएर लिगमा आज सनिवार भएको खेलमा ३ टोलिले जित निकाल्न सफल भएको छ भने अरु २ खेल बराबरीमा रोकेको छ ।

म्यान्चेस्टर सिटीले वेस्ट ह्याम माथी जित हात पारिसकेपछि अरु खेलमा बर्नले ले साउथह्याम्प्टनलाई ३-० ले हराउन सफल भएको छ भने ब्राइटनले पनि वाट्फोडलाइ ३-० ले हराएको छ ।

त्यसै गरि इभर्टनले क्रीस्टल प्यालेस संग ०-० को बराबरी खेलेको छ । उता बोउर्नेमाउथ र सेफिल्ड युनाइटेडले १-१ को बराबरी खेलेको छ ।

आजको अन्तिम खेल टोटेन्ह्याम र एस्टन भिल्ला बिच १०:१५ मा हुने छ ।