बर्खास्त मात्र हुँदै जोसे मोरिन्होले यति ठुलो रकम कमाइसकेका छन्

टोटनह्यामले आफ्नो कोच जोसे मोरिन्होलाई बर्खास्त गरेको छ र सो सँगै उनी चौथो पटक प्रिमियर लिगबाट बर्खास्त भएका छन्।

बर्खास्त हुनु धेरैको लागि नराम्रो कुरा हुन् सक्छ तर जोसे मोरिन्होले आफ्नो बर्खास्तमा पनि फाइदा पाउने गरेका छन्। क्लब सँगको सम्झौता अन्त्य हुनु अगाडी कोच सँग क्लबले सम्झौता रद्द गरे कोचले क्षतिपूर्ति पाउने गर्छन् र मोरिन्होले धेरै पटक आफ्नो बर्खास्तबाट ठुलो रकम पाएका छन्।

खबर अनुसार उनले आफ्नो बर्खास्तबाट मात्र कुल £९३.५ मिलियन कमाएका छन्। २००७मा चेल्सीबाट उनले £१८ मिलियन कमाए, २०१२मा रियलबाट बर्खास्त भए पछि उनले £१७ मिलियन पाए, २०१५मा चेल्सीबाट उनले £१५ मिलियन कमाए, म्यान्चेस्टर युनाइटेडमा बर्खास्त भए पछि २०१९मा उनले £१५ मिलियन कमाए भने हाल टोटनह्यामबाट उनले £३० मिलियन पाउने खबर छ।

जसको मतलब हाल सम्म बर्खास्त मात्र हुँदै उनले £९३.५ मिलियन कमाएका छन्। सोमबार साँझ स्पर्सले उनलाई बर्खास्त गरेको थियो। लिग र युरोपमा टोटनह्यामको खबर फम पछि क्लबका अध्यक्ष डेनियल लेवीले उनलाई बर्खास्त गर्ने निर्णय लिए।