बर्खास्त पछि क्षतिपूर्ति किस्तामा लिन कोम्यानले गरे अस्विकार

बार्सिलोना रायो भालेकानोसँग १-० गोल अन्तरले पराजित भए पछि बार्साले आफ्नो कोच रोनाल्ड कोम्यानलाई बर्खास्त गरेको थियो भने उनलाई हाल बार्साले सम्झौता अनुसारको रकम दिनु पर्ने हुने छ।

कुनै क्लब सँग खेलाडी वा कोचको सम्झौता समय अगाडी नै रद्द भए सम्झौता गर्ने पक्षले क्षतिपूर्ति तिर्नु पर्ने हुने छ र हाल खबर अनुसार बार्साले कोम्यानलाई €१२ मिलियन र अन्य बोनस तिर्नु पर्ने छ। आर्थिक समस्यामा रहेको बार्सा भने हाल उनलाई उक्त रकम किस्तामा तिर्न इच्छुक रहे पनि कोम्यानले सो रकम एकै पटकमा दिन माग गर्दै गरेको जानकारी छ।

रिपोर्ट अनुसार बार्सिलोनाले कोम्यानलाई €१२ मिलियन भन्दा कम रकम लिनको लागि अनुरोध गर्दै छ तर कोम्यानले सो अनुरोध अस्वीकार गर्दै आएका छन्।

सो १२ मिलियन बार्साले कोम्यानलाई दिनु पर्ने रहेको उक्त रिपोर्टले स्पष्ट गर्‍यो बार्साले कोम्यानको लागि डच फुटबल महासङ्घलाई ५ मिलियन दिनु परेको थियो जुन बार्साले पहिले नै तिरेको जानकारी छ।

उक्त १२ मिलियन कोम्यान एक्लैलाई तिर्नु पर्ने वा सो रकम केही भाग उनको कोचिङको साथ रहेको प्राविधिक टोलीको रहेको वा नरहेको ’bout भने खुलेको छैन। दुई बिच हाल अझै पनि वार्ता हुँदै गरेको जानकारी छ।