बनेपा नगरपालिका क्वार्टफाइनलमा

बनेपा नगरपालिका महानगर कप भलिबलअन्तर्गत पुरुषतर्पmको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। ललितपुरस्थित जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा आइतबार कीर्तिपुर नगरपालिकालाई ३–० को सेटमा हराउँदै बनेपा क्वार्टरफाइनलमा पुगेको हो।

जावालाखेल भलिबल प्रशिक्षण केन्द्रमा बनेपाले कीर्तिपुरलाई २५–१०, २५–१३ र २५–२१ को सेटमा पराजित ग¥यो। जितसँगै समूह ‘बी’ को बनेपाले ३ अंक जोड्दा कीर्तिपुर भने दुई खेलमा हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ। पहिलो खेलमा पनि कीर्तिपुर कागेश्वरी मनोहरासँग पराजित भएको थियो।

कागेश्वरी भने क्वार्टरफाइनलमा पुगेको छ। बनेपा र कागेश्वरीबीचको विजेता यस समूहबाट विजेता र उपविजेता हुँदै नकआउट चरणमा पुग्नेछन्। पुरुषतर्पmकै अर्को खेलमा चौतारा नगरपालिकाले ललितपुर महानगरपालिकालाई ३–१ को सेटमा हरायो। पहिलो सेट गुमाएको ललितपुरले दोस्रो सेट आफ्नो पक्षमा पार्दै सेटमा बराबरी गरे पनि सदुपयोग गर्न सकेन।

चौताराले पहिलो सेट २५–२१ ले आफ्नो बनाउँदै अग्रता लिए पनि दोस्रो सेटमा भने ललितपुरले २५–१९ ले पुनरागमन ग¥यो। यद्यपि, त्यसपछि दुई सेटमा चौताराले ललितपुरलाई २५–१९ र २५–२१ ले हरायो। पुरुषतर्पm आइतबारकै अर्को खेलमा महालक्ष्मी नगरपालिकाले पनौती नगरपालिकालाई २५–१४,२५–२३ र २५–२१ को सेटमा पराजित ग-यो। कमलामाई नगरपालिकाले गोकर्णेश्वर नगरपालिकामाथि २५–२१,२५–१८ र २५–१९ को जित निकाल्यो।

महिलातर्पm ललितपुर महानगरपालिकाले बनेपालाई ३–० को सेटमा पराजित ग¥यो। ललितपुरले बनेपामाथि २५–५,२५–११ र २५–१८ जित निकाल्यो। महिलातर्फ नै हेटौडाले टोखालाई २५–१७, २५–२१ र २५–१७ को सेटमा हराउन सफल भयो। अर्को खेलमा गोकर्णेश्वरले विदुर नगरपालिकालाई २५–१७,२५–११ र २५–५ ले पराजित ग-यो। ललितपुर महानगरपालिकाको आयोजनामा जारी प्रतियोगितामा पुरुषमा १३ र महिलामा ८ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्।

प्रतियोगिताको महिला र पुरुष दुवैको विजेताले २ लाख, उपविजेताले १ लाख र तेस्रोले ५० हजार रुपैयाँ पाउनेछन्। चौथोले २५ हजार पाउँदा सेमिफाइनल पुग्ने टोलीले समान १५ हजार रुपैयाँ पाउनेछन्। महिला र पुरुष दुवैका सर्वोकृष्ट खेलाडीले १० हजार रुपैयाँ पाउँदा व्यक्तिगत विधातर्पm स्पाइकर, ब्लकर, सेटर, डिफेन्स, सर्भर र प्रशिक्षकले जनही ५/५ हजार पाउनेछन्।

@Nagarik