रियल म्याड्रिडका स्टार फ्रेन्च स्ट्राइकर करीम बेन्जेमाले बलोन डि’ओर जित्ने आफ्नो सपना रहेको बताएका छन्। यो वर्षको बलोन डि’ओरको मनोनीत भएका बेन्जेमाले सो जित्ने आफ्नो सपना रहेको एक बताए।
🎙| Karim Benzema: “Since I was young I’ve had the dream of winning the Ballon d’Or.” @diarioas pic.twitter.com/xWsYH6zFRm
— Madrid Xtra. (@MadridXtra) October 8, 2021
“बच्चा देखि, बलोन डि’ओर जित्ने मेरो सपना थियो” उनले एक अन्तर्वार्तामा एएसलाई भने, “यो धेरै जसो खेलाडीहरूको सपना हो।
“यो साँचो हो कि फुटबल एक दिन खेल हो तर जब तपाईँ आफ्नो पक्षलाई जित्न मद्दत गर्नुहुन्छ, जब तपाईँको जीतमा महत्त्वपूर्ण भूमिका निभाउनुहुन्छ, जब तपाईँ विजयी गोल गर्नुहुन्छ, बलोन डि’ओर जित्ने सपना स्वाभाविक छ।
“निस्सन्देह, म त्यो ट्रफी जित्ने जति सक्दो मेहनत गर्नेछु र मलाई आशा छ, कुनै दिन, मेरो यो सानो देखिको सपना पुरा हुनेछ।”
France and Real Madrid striker Karim Benzema talks to AS exclusively.
“Young Real Madrid players see me as a big brother figure”
Preview here with full interview to run tomorrow.https://t.co/vmTKMcJbth
— AS English (@English_AS) October 8, 2021
फ्रान्सले स्पेनमाथि २–१ को जित निकाल्दै नेसन्स लिगको उपाधि जितेको छ र सो जितमा पनि फ्रान्स टिममा बेन्जेमाको निकै महत्त्वपूर्ण भूमिका रह्यो।
फ्रान्सलाई च्याम्पियन बनाउन बेन्जेमा र केलियन एमबाप्पेले गोल गरे । स्पेनका मिकेल ओयरजावालको गोल सान्त्वना बन्यो । सबै तीन गोल दोस्रो हाफमा भएको थियो ।