बङ्गलादेश प्रिमियर लिग: सन्दिप लामिछाने र डेभिड वार्नर एकै टिममा

अगामी जनवरी ५ बाट सुरु हुने बङ्गलादेश टि-२० प्रिमियर लिगमा नेपाली लेग स्पिनर सन्दिप लामिछाने र अस्ट्रेलियाका डेभिड वार्नर एकै टिममा अनुबन्धन भएका छन ।

बङ्गलादेश प्रिमियर लिगमा सहभागी टिम सेलेट सिक्सरले अगामी सिजनको लागि टिममा अस्ट्रेलियाका बिस्पोटक ब्याट्सम्यान डेभिड वार्नर र नेपालका सन्दिप लामिछाने भित्र्याएको बारेमा आधिकारिक जानकारी दिएको छ  |

टिमका सिईओ यासेर अबेइदले क्रिकबुजसङ्ग कुरा गर्दै डेभिड वार्नर र सन्दिप लामिछानेलाई टिममा भित्र्याउन पाएको खुशी भएको बताएका छ्न ।

बायाँ हाते अस्ट्रेलियन क्रिकेटर डेभिड वार्नर अहिले बल टेम्परिङ विवादमा प्रतिबन्धमा परेका छ्न भने उनले अहिले सम्म अस्ट्रेलियाको लागि ७४ टेस्ट , १०६ एकदिवसीय ,र ७० वटा टि-२० खेल खेलेका छ्न । ईन्डियन प्रिमियर लिग (आईपिएल) मा सनराईजर्स हैदराबाद र दिल्ली डेयर डेभिल्सबाट प्रतिनिधित्व जनाउदै अहिलेसम्म ११२ वटा खेल खलिसकेका छ्न ।

पहिलोपटक अस्ट्रेलियाको घरेलुु क्रिकेट प्रतियोगिता बिग बास लिगमा अनुबन्धन भएका नेपाली क्रिकेटर सन्दिप लामिछानेले पनि विश्व प्रख्यात विभिन्न प्रतियोगितामा सहभागिता जनाईसकेका छ्न भने बङ्गलादेश प्रिमियर लिगको समापन पछि उनी बिग बास लिगको लागि अस्ट्रेलिया लाग्ने बताईएको छ ।