बंगलादेश प्रिमियर लिगः सन्दीपको पहिलो खेल शाहिद अफ्रिदीको टोलीसँग

अष्ट्रेलियामा भइरहेको बिग ब्याश लिग (बीबीएल) मा चार खेल खेलेर बंगलादेश पुगेका नेपाली क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिग (बीपीएल) आइतबारबाट खेल्दै छन् । उनी बीपीएलमा सिलहेट सिक्सर्सबाट खेल्दै छन् । सन्दीपको टोलीको पहिलो खेल आइतबार कोमिल्ला भिक्टोरिएन्ससँग हुँदैछ ।

सन्दीपको टोलीमा को–को खेलाडी छन् ?

सिलहेट सिक्सर्सः डेभिड वार्नर (कप्तान), आन्द्रे फ्लेचर, सोहेल तन्बिर, फाबीएन एलेन, वेस्ट इन्डिज, मोहम्मद इरफान, गुल्बदीन नैब, अफगानिस्तान, निकोलस पुरन, नासिर होसेन, सब्बिर रहमान, लिटन दास, अफिफ होसेन, तस्किन एहमद, अल(अमिन होसेन, आलोक कपाली

कोमिल्ला भिक्टोरियन्सः तमिम इकबाल (कप्तान) स्टिभ स्मिथ, शोयब मल्लिक, शाहिद अफ्रिदी, थिसारा परेरा, इभिन लुईस आमिर यामिन, इमरुल कायस, लियम डसन, अनमुल हक जस्ता खेलाडीहरु रहेका छन्।

सन्दीप पूर्व सहमति अनुसार बीबीएल खेल्न बंगलादेश पुगेका हुन् । तर सन्दीपले बंगलादेश प्रिमियर लिग पनि पूरै खेल्ने छैनन् । फेब्रुवरी ८ सम्म चल्ने प्रतियोगिताको बीचमा नेपालले यूएईसँग अन्तराष्ट्रिय सिरिज खेल्दैछ । त्यसका लागि उनी बंगलादेशबाट नै यूएई जानेछन् । जसमा उनले राष्ट्रिय टिमबाट तीन एक दिवसीय र तीन टी–२० खेल खेल्नेछन् ।