बंगलादेश क्रिकेट टीमका पूर्व कप्तानमा कोरोना पोजेटिभ

बंगलादेश क्रिकेट टिमका पूर्व कप्तान मर्सफे मोर्ताजालाई कोरोना पोजेटिभ देखिएको छ ।

गतसाता कोरोना परिक्षण गराइएकोमा उनको रिपोर्टमा पोजेटिभ आएको उनका भाईले बताएका छन । ३६ बर्षे मोर्ताजा हाल बंगलादेशको राजधानी ढाकामा रहेका छन ।

उनी बंगलादेशको प्रतिनिधी सभाको सदस्यपनि रहेका छन । कोरोनाका बेला उनले विभिन्न ब्यक्तिलाई सहयोग गरेका थिए । यसका लागि उनी विभिन्न स्थानमा पनि गएका थिए । जसमा उनलको गृहजिल्ला नारालीमा राहतका लागि गएका थिए ।

उनमा कोरोना संक्रमण कसरी भयो भनेर एकिन भएको छैन । तर उनी बंगलादेशमा कोरोना संक्रमण हुने दोस्रो क्रिकेटर बनेका छन । यसअघि पूर्व क्रिकेटर फीस इकबाललाई कोरोना पोजेटिभ देखिएको छ ।

बंगलादेशमा कोरोनाका कारण संक्रमित हुनेको बढिरहेको छ । पछिल्लो पटक सरकारले विभिन्न क्षेत्रमा लकडाउन गर्ने तयारीपनि गरेको छ ।

बंगलादेशले जुलाईमा श्रीलंकासँग तीन टेष्ट सिरीज खेल्ने तालिका थियो । त्यसपछि न्यूजिल्याण्डसँग अगष्टमा खेल्ने तालिका रहेपनि कोरोनाका कारण नहुने संभावना रहेको छ ।

मोर्ताजामा कोरोना देखिएपछि अरुखेलाडीको पनि परिक्षण गरिने बताइएको छ ।